

काठमाडौँ उपत्यकामा २४ घण्टामा २,१०२ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन
काठमाडौं । बितेका २४ घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार १०२ सवारीचालक कारबाहीमा परेका छन् । कारबाहीबाट राज्यकोषमा रु २१ लाख १० हजार ५१४ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मादकपदार्थ सेवन गरी सवारी चलाउने ८९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने १०८ जना तथा ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ९९ जनालाई कारबाही गरिएको छ । यस्तै, तीव्रगतिमा सवारीसाधन चलाउने ८३ जना पनि कारबाहीमा परेका छन् ।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ५९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०० जना, लागुपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने दुई जना तथा एकतर्फी सडकमा सवारी चलाउने ७८ जनालाई कारबाही गरिएको छ ।
अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ४८४ जनालाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





