

कपनमा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम: दुर्घटना न्यूनीकरणमा जोड
बुढानिलकण्ठ नगरपालिका–कपन क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
“हाम्रो सडक, मेरो सवारी, ट्राफिक नियमको पालनामा मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा सवारी चालक तथा यात्रुहरूलाई सुरक्षित यात्रा गर्ने तरिका, दुर्घटनाबाट बच्ने उपाय, कम गतिमा सवारी साधन सञ्चालन गर्ने आवश्यकतासहित ट्राफिक नियमको पालनाको महत्वबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा ट्राफिक प्रहरीले सडक सुरक्षा र सचेत सवारी सञ्चालन नै दुर्घटना न्यूनीकरणको मुख्य आधार भएको उल्लेख गर्दै सहभागीहरूलाई जिम्मेवार ढंगले सवारी चलाउन आग्रह गरेको थियो ।
कपन क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटनाका घटना बेलाबेलामा भइरहेको सन्दर्भमा ट्राफिक प्रहरीले विशेष सचेतना अभियानलाई तीव्र बनाएको छ । प्रहरीले चालकलाई सावधानी अपनाएर यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न समेत अपिल गरेको छ ।
ट्राफिक प्रहरीले यस्ता सचेतनामूलक कार्यक्रम विभिन्न स्थानमा निरन्तर सञ्चालन गरिरहेको जनाएको छ ।
समाज
थप सामाग्री-
कपनमा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम: दुर्घटना न्यूनीकरणमा जोड
-
मधेस प्रदेश प्रहरीको सक्रियतामा पेस्तोलसहित दुई युवा पक्राउ, हातहतियार बरामद
-
छोराको कुटपिटबाट आमाको मृत्यु, भक्तपुरमा दर्दनाक घटना
-
काठमाडौं प्रहरी देशभरमै उत्कृष्ट, एसएसपी दिलीप घिमिरेको नेतृत्वमा कार्यसम्पादनमा उल्लेखनीय सुधार
-
काठमाडौँ उपत्यकामा २४ घण्टामा २,१०२ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
९ घण्टा अगाडि
1.5kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…





