

इजिप्ट र इरानबीच बराबरी, समूह उपविजेता बन्दै इजिप्ट विश्वकपको नकआउट चरणमा प्रवेश
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा इजिप्ट र इरानले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। सियाटल स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा बराबरीपछि इजिप्ट समूह उपविजेता बन्दै विश्वकपको नकआउट चरण (राउन्ड अफ ३२) मा प्रवेश गरेको छ।
खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा दुवै टोलीले गोल थप्न सकेनन्। खेलको पाँचौँ मिनेटमै इजिप्टका महमूद साबेरले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर इरानले १४औँ मिनेटमा रमिन रजाइनको गोलमार्फत खेल बराबरीमा ल्यायो।
यसअघि खेलको ११औँ मिनेटमा इरानले पेनाल्टी पाएको थियो। तर कप्तान मेहदी तारेमीले त्यस अवसरलाई गोलमा परिणत गर्न सकेनन्। खेलको अन्तिमतिर इरानले निर्णायक गोल गरेको देखिए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले अफसाइड ठहर गर्दै गोल मान्यता दिएन।
बराबरीसँगै इजिप्ट समूह उपविजेता बन्दै अर्को चरणमा पुगेको छ भने अब उसले राउन्ड अफ ३२ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। इरान पनि ३ अङ्कसहित समूहको तेस्रो स्थानमा रहँदै नकआउट पुग्ने सम्भावनामा कायम छ। न्युजिल्यान्ड भने समूह चरणबाटै बाहिरिएको छ।
समाज
थप सामाग्री-
कपनमा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम: दुर्घटना न्यूनीकरणमा जोड
-
मधेस प्रदेश प्रहरीको सक्रियतामा पेस्तोलसहित दुई युवा पक्राउ, हातहतियार बरामद
-
छोराको कुटपिटबाट आमाको मृत्यु, भक्तपुरमा दर्दनाक घटना
-
काठमाडौं प्रहरी देशभरमै उत्कृष्ट, एसएसपी दिलीप घिमिरेको नेतृत्वमा कार्यसम्पादनमा उल्लेखनीय सुधार
-
काठमाडौँ उपत्यकामा २४ घण्टामा २,१०२ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
९ घण्टा अगाडि
1.5kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…





