

डिस्कर्ड सर्भरबाट हिंसा भड्काउने सूत्र र अफवाह फैलियो : कार्की आयोगको गम्भीर निष्कर्ष
काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा सामाजिक सञ्जाल प्लेटफर्म डिस्कर्डमार्फत् ठूलो परिमाणमा सन्देश आदानप्रदान भई हिंसात्मक गतिविधि उक्साउने सामग्री र मिथ्या सूचना फैलाइएको तथ्य सार्वजनिक भएको छ। को प्रतिवेदनले घटनाको डिजिटल पाटोलाई गम्भीर रूपमा औँल्याएको हो।
आयोगका अनुसार ‘हामी नेपाल’ एडमिन रहेको ‘युग अगेन्स्ट करप्शन’ र ‘युवा हब’ नामक दुई डिस्कर्ड सर्भरमा मात्रै एक लाख १४ हजारभन्दा बढी म्यासेज आदानप्रदान भएको पाइएको छ। ती संवादहरूमा सोडियम मेटलदेखि म्याग्नेसियमसम्मका प्रज्वलनशील रसायन तयार गर्ने विधिसम्बन्धी जानकारीसमेत व्यापक रूपमा साटासाट गरिएको उल्लेख छ।
त्यसैगरी, बोतल, पेट्रोल र कपडा प्रयोग गरी मोलोटोभ कक्टेल बनाउने तरिकाबारे मात्र ३५६ पटकसम्म छलफल भएको प्रतिवेदनले देखाएको छ। आयोगले यसलाई आन्दोलनलाई शान्तिपूर्ण अवस्थाबाट हिंसात्मक मोडतर्फ धकेल्ने योजनाबद्ध संकेतका रूपमा व्याख्या गरेको छ।
‘मेडिकल रेस्क्यु’को नाममा प्रदर्शनमा सक्रिय ‘हामी नेपाल’ समूहले भीडमा सूचना सर्कुलेशन सहज बनाउन डिस्कर्ड सर्भरको क्युआर कोड अंकित प्लेकार्ड प्रयोग गरेको तथ्य पनि बाहिर आएको छ। भदौ २३ गते मात्रै ती सर्भरमार्फत् १,८१० वटा संवाद भएको प्रतिवेदनमा उल्लेख छ।
झन् गम्भीर पक्ष के छ भने, सोही दिन साँझ ‘होस्टलमा युवती बलात्कार भएको’ र ‘संसद भवनभित्र दर्जनौँ युवाको हत्या भएको’ जस्ता अपुष्ट र भ्रामक सूचनाहरू डिस्कर्डमार्फत् फैलाइएपछि भदौ २४ गते प्रदर्शन थप उग्र बनेको आयोगको निष्कर्ष छ।
आयोगले सामाजिक सञ्जालको दुरुपयोगले भीडको मनोविज्ञानलाई तीव्र रूपमा प्रभावित पार्दै हिंसा भड्काउने भूमिका खेलेको औँल्याएको छ। प्रतिवेदनले यस्ता प्लेटफर्महरूको निगरानी, डिजिटल साक्षरता अभिवृद्धि र अफवाह नियन्त्रणका लागि कडा नीतिगत हस्तक्षेप आवश्यक रहेको पनि सिफारिस गरेको छ।
समाज
थप सामाग्री-
काठमाडौँ प्रहरीले ‘लुटेरा विरुद्ध विशेष अप्रेसन’ तीव्र बनायो : जडीबुटीमा गोली चल्दा एक लुटेरा घाइते
-
“निर्देशन मात्र होइन, कार्यान्वयनको नेतृत्वमा आइजीपी दानबहादुर कार्की”
-
राष्ट्रिय महिला अधिकार दिवसमा नविना कार्कीको शुभकामना, महिला सशक्तीकरणमा निरन्तर प्रतिबद्धता व्यक्त
-
आज जेठ १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
२३ घण्टा अगाडि
1.5kViews 297 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा लामो समयदेखि उठ्दै आएको १६ वर्ष सेवा…



