कर्णालीमा विद्यालयका सवारीसाधनको यान्त्रिक तथा चालकको स्वास्थ्य परीक्षण सम्पन्न

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय, सुर्खेत र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको संयुक्त आयोजनामा निजी तथा सरकारी विद्यालयका सवारीसाधनहरूको यान्त्रिक परीक्षण तथा चालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

विद्यालय बस तथा अन्य सवारीसाधनहरूको प्राविधिक अवस्था सुरक्षित यात्राका लागि उपयुक्त छ वा छैन भन्ने सुनिश्चित गर्न गरिएको उक्त परीक्षणका क्रममा सवारी साधनको ब्रेक, टायर, लाइट, स्टेरिङलगायतका यान्त्रिक पक्षहरूको जाँच गरिएको थियो।

त्यसैगरी, चालकहरूको स्वास्थ्य परीक्षण समेत गरी उनीहरू सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सक्षम छन् वा छैनन् भन्नेबारे मूल्यांकन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

कार्यक्रमले विद्यालयका विद्यार्थीहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
132 Shares