

नेपाली कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी खानतलासी, दुई कारसमेत जाँच
विराटनगर । नेपाली कांग्रेसका नेता अभिषेक गिरीको विराटनगरस्थित निवासमा प्रहरीले खानतलासी गरेको छ।
विराटनगर–८, मधुमारामा रहेको गिरीको घरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले सोमबार खानतलासी गरेको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार घरभित्र शङ्कास्पद वस्तु रहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालित गरिएको हो।
“हामीलाई घरमा शङ्कास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि सोही आधारमा खानतलासी गरिएको हो,” एसपी कटुवालले बताए।
प्रहरीले गिरीको निवास परिसरमा पार्किङ गरी राखिएका सेतो र कालो रङका दुईवटा कारको समेत खानतलासी गरेको छ। ती सवारीसाधन गिरीले प्रयोग गर्दै आएको बताइएको छ।
प्रहरीले खानतलासीका क्रममा कुनै शङ्कास्पद वस्तु फेला पर्यो वा परेन भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक गरेको छैन।
समाज
थप सामाग्री-
कपनमा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम: दुर्घटना न्यूनीकरणमा जोड
-
मधेस प्रदेश प्रहरीको सक्रियतामा पेस्तोलसहित दुई युवा पक्राउ, हातहतियार बरामद
-
छोराको कुटपिटबाट आमाको मृत्यु, भक्तपुरमा दर्दनाक घटना
-
काठमाडौं प्रहरी देशभरमै उत्कृष्ट, एसएसपी दिलीप घिमिरेको नेतृत्वमा कार्यसम्पादनमा उल्लेखनीय सुधार
-
काठमाडौँ उपत्यकामा २४ घण्टामा २,१०२ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
१३ घण्टा अगाडि
1.6kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…





