ललितपुरमा अन्तर्राष्ट्रिय लागूऔषध दुर्व्यसन तथा अवैध ओसारपसारविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

ललितपुर । ललितपुर महानगरपालिका–२, सानेपास्थित टीका विद्याश्रम माध्यमिक विद्यालयमा “अन्तर्राष्ट्रिय लागूऔषध दुर्व्यसन तथा अवैध ओसारपसार” विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र सानेपाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीरपोखरीका प्रमुख ईश्वर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे, ललितपुर महानगरपालिका उप–प्रमुख मञ्जली शाक्य तथा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थी, शिक्षक, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासहित करिब ७०० जनाको सहभागिता रहेको थियो। सहभागीहरूलाई लागूऔषध दुर्व्यसनको जोखिम, यसको सामाजिक तथा स्वास्थ्य असर, साथै अवैध ओसारपसार नियन्त्रणका उपायबारे विस्तृत जानकारी दिइएको थियो।

आयोजकले यस्ता कार्यक्रमले युवापुस्तामा सचेतना वृद्धि गर्दै लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

Facebook Comments Box
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
९ घण्टा अगाडि

1.5kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…

TOP
459 Shares