

संसदमै हात हालाहाल : जर्जियाको संसदमा सांसदबीच कुटाकुट, वार्षिक प्रतिवेदनमाथिको छलफल तनावग्रस्त
जर्जियाको संसदमा सरकारको वार्षिक प्रतिवेदनमाथिको प्रश्न–उत्तर सत्रका क्रममा सांसदहरूबीच चर्को विवाद भएपछि संसद बैठक नै तनावग्रस्त बनेको छ। प्रधानमन्त्री इराक्ली कोबाखिद्जेले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि सुरु भएको छलफलका क्रममा सत्ता पक्ष र विपक्षी सांसदहरूबीच तीव्र वाकयुद्ध भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बहसका क्रममा विवाद उत्कर्षमा पुगेपछि केही सांसदहरूबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो। संसदभित्रको झडपले बैठक केही समयका लागि अवरुद्ध भएको जनाइएको छ।
घटनापछि सुरक्षाकर्मीहरूले हस्तक्षेप गर्दै सांसदहरूलाई अलग गरेका थिए। राजनीतिक मतभेद र सरकारको कार्यसम्पादनबारे उठेका प्रश्नका कारण संसदमा तनावपूर्ण अवस्था सिर्जना भएको विश्लेषण गरिएको छ।
जर्जियाको संसदमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ भने उक्त घटनाले त्यहाँको राजनीतिक वातावरण थप तातिएको संकेत गरेको छ।
समाज
थप सामाग्री-
कपनमा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम: दुर्घटना न्यूनीकरणमा जोड
-
मधेस प्रदेश प्रहरीको सक्रियतामा पेस्तोलसहित दुई युवा पक्राउ, हातहतियार बरामद
-
छोराको कुटपिटबाट आमाको मृत्यु, भक्तपुरमा दर्दनाक घटना
-
काठमाडौं प्रहरी देशभरमै उत्कृष्ट, एसएसपी दिलीप घिमिरेको नेतृत्वमा कार्यसम्पादनमा उल्लेखनीय सुधार
-
काठमाडौँ उपत्यकामा २४ घण्टामा २,१०२ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
१० घण्टा अगाडि
1.5kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…





