

धुलिखेल–खावा सडकखण्डमा १५ दिन राति सवारी आवागमन बन्द हुने
काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा कालोपत्रको कामलाई तीव्रता दिन आगामी १५ दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।
जिल्ला सुरक्षा समितिले असार २२ गतेदेखि साउन ४ गतेसम्म उक्त सडकखण्डमा रातिको समयमा सवारी आवागमन व्यवस्थापन गर्ने निर्णय गरेको जनाएको छ। समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सडक स्तरोन्नति तथा कालोपत्र कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न यो निर्णय गरिएको हो।
निर्णयअनुसार, उक्त अवधिभर टिपर तथा मालवाहक ठूला ट्रकलाई सडकखण्डमा पूर्ण रूपमा प्रवेश निषेध गरिनेछ। त्यस्तै, अन्य यात्रुवाहक तथा मालवाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइनेछ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले आर्थिक वर्षको अन्त्यको समयमा निर्माण सामग्री ढुवानीमा समस्या नआओस् भन्ने उद्देश्यले सडक निर्माण कार्यतालिकामा आवश्यक समायोजन गरिएको जानकारी दिए। उनले यात्रु तथा मालवाहक सवारी साधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।
यद्यपि, एम्बुलेन्ससहित अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधनलाई भने तोकिएको अवधिमा पनि पूर्ववत् सञ्चालन गर्न अनुमति दिइनेछ। सवारी व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने समितिले जनाएको छ।
यसअघि गत चैत महिनामा पनि करिब एक महिनासम्म रातिको समयमा पूर्ण रूपमा आवागमन बन्द गरी तथा दिउँसो एकतर्फी सवारी सञ्चालन गरेर उक्त सडकखण्डको करिब २.५ किलोमिटर क्षेत्रमा डिबिएम–पीच (कालोपत्र) को काम सम्पन्न गरिएको थियो।
सडक स्तरोन्नतिको कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न प्रशासनले सर्वसाधारणलाई सहयोग र सहकार्य गर्न अनुरोध गरेको छ।
समाज
थप सामाग्री-
कपनमा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम: दुर्घटना न्यूनीकरणमा जोड
-
मधेस प्रदेश प्रहरीको सक्रियतामा पेस्तोलसहित दुई युवा पक्राउ, हातहतियार बरामद
-
छोराको कुटपिटबाट आमाको मृत्यु, भक्तपुरमा दर्दनाक घटना
-
काठमाडौं प्रहरी देशभरमै उत्कृष्ट, एसएसपी दिलीप घिमिरेको नेतृत्वमा कार्यसम्पादनमा उल्लेखनीय सुधार
-
काठमाडौँ उपत्यकामा २४ घण्टामा २,१०२ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
१० घण्टा अगाडि
1.5kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…





