

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा सञ्चालन
2.6kViews
222
Shares
काठमाडौँ । सरकारी अस्पतालबाटै सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने सरकारी सुधार कार्यक्रमअन्तर्गत वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा सञ्चालनमा आएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार मन्त्री निशा मेहताको निर्देशनपछि दुवै अस्पतालमा यो सेवा सुरु गरिएको हो ।
मन्त्रालयले जनाएको अनुसार अब यी अस्पतालका सेवाग्राहीले बजार मूल्यको तुलनामा कम लागतमा आवश्यक औषधि प्रत्यक्ष अस्पतालबाटै प्राप्त गर्न सक्नेछन् ।
साथै, शासकीय सुधार कार्यसूचीअनुसार देशभरका सरकारी अस्पतालमा पनि सुलभ फार्मेसी सेवा विस्तार गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





