अवकाश प्राप्त डीआईजी अर्जुन चन्द ठकुरीको निधन

काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको उपचारका क्रममा निधन भएको छ। उनको आज बिहान करिब ६:५५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो।
प्रहरी नियमावलीअनुसार ५६ वर्षे उमेर हदका कारण डीआईजी तथा सो सरहका अधिकृतहरू अनिवार्य अवकाशमा जाने व्यवस्था छ। सोही व्यवस्थाअनुसार ठकुरी २०८१ साल मङ्सिर ३० गतेबाट अवकाशमा गएका थिए।
अवकाशअघि उनले कर्णाली प्रदेश प्रहरी कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थिए। उनले आफ्नो सेवाकालमा प्रहरी संगठनभित्र विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू निर्वाह गर्दै लामो समय योगदान दिएका थिए।
विमानस्थल सुरक्षा कार्यालय प्रमुखको रूपमा कार्यरत रहँदा उनले व्यक्तिगत तथा पारिवारिक कारण देखाउँदै राजीनामा बुझाएका थिए। तर, उक्त राजीनामा प्रक्रिया पूरा नभएको भन्दै प्रहरी प्रधान कार्यालयले त्यसलाई स्वीकृत नगरी फिर्ता गरेको थियो।
उनको निधनप्रति नेपाल प्रहरी परिवार, पूर्व सहकर्मी तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

Facebook Comments Box
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि

1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…

TOP
277 Shares