रुसी सेनामा नेपालीको मृत्यु र बेपत्ता घटनाप्रति नेपाल सरकारको गम्भीर चासो

काठमाडौँ — रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा कार्यरत १२७ नेपालीको मृत्यु भएको पुष्टि भएको छ भने थप ९० जना नेपाली अझै बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार यो पछिल्लो आधिकारिक तथ्यांक हो।

यसै विषयलाई लिएर परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि रुसी राजदूत अलेक्सी भ्लादिमिरोभिच सुरोभत्सेभसँग भेट गरी गम्भीर कूटनीतिक चासो व्यक्त गरेका छन्। भेटका क्रममा मन्त्री खनालले नेपाल सरकारको नीति अनुसार भारत र बेलायतबाहेक अन्य मुलुकका सेनामा नेपाली नागरिकको भर्ती स्वीकृत नभएको स्पष्ट पारेका थिए।

मन्त्री खनालले युद्धमा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गर्न, बेपत्ता व्यक्तिको अवस्था यकिन गर्न, भर्ती भएका नेपालीको विवरण उपलब्ध गराउन तथा मृतकका परिवारलाई क्षतिपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन्। सो विषयमा रुसी राजदूतले सम्बन्धित सरकारलाई जानकारी गराउने बताएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा रहेका नेपालीको यकिन तथ्यांक अझै उपलब्ध हुन सकेको छैन। मन्त्रालयले मस्कोस्थित नेपाली दूतावासमार्फत विवरण माग गरिरहेको भए पनि रुसी पक्षबाट पूर्ण जानकारी प्राप्त भएको छैन।

कूटनीतिक स्रोतका अनुसार ०८० भदौदेखि नेपाली नागरिक रुसी सेनामा भर्ती भएको भए पनि हाल त्यस्तो भर्ती रोकिएको छ। त्यस्तै, करार नवीकरणसमेत बन्द गरिएको जनाइएको छ।

यस्तै, युक्रेनतर्फ पनि समस्या देखिएको छ। रेडक्रस अन्तर्राष्ट्रिय समिति (ICRC) र पीडित परिवारका अनुसार युक्रेनमा नौ नेपाली नागरिक युद्धबन्दीको रूपमा रहेका छन् भने परिवारका दाबीअनुसार यो संख्या १७ सम्म हुन सक्ने बताइएको छ।

पारस्परिक कानुनी सम्झौता अभावका कारण दुबै पक्षबाट नेपाली नागरिकको फिर्ती तथा कानुनी प्रक्रिया अघि बढ्न नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Facebook Comments Box
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि

1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…

TOP
239 Shares