

जंगली बँदेलका लागि थापिएको विद्युतीय धरापमा परेर श्रीमतीको ज्यान गयो, श्रीमान नियन्त्रणमा
गुल्मी — जंगली बँदेलबाट बालीनाली जोगाउन थापिएको विद्युतीय धरापमा परेर एक महिलाको ज्यान गएको छ। घटनामा मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीले मंगलबार बेलुकी आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जंगली बँदेल नियन्त्रणका लागि विद्युतीय धराप थापेका थिए।
उक्त धरापमा परी उनकी ६० वर्षीया श्रीमती हुमकला भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
प्रहरीका अनुसार हुमकला राति करिब १ बजेपछि विद्युतीय धरापमा परेकी थिइन्। करेन्ट लागेर गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिए पनि चिकित्सकले बिहान करिब ३:१५ बजे मृत घोषणा गरेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार श्रीमानले थापेको विद्युतीय धरापबारे मृतकलाई पनि जानकारी थियो। राति बँदेल पर्यो कि भनेर हेर्न एक्लै बारीतर्फ जाँदा उनले अनजानमै धराप छोएकी र करेन्ट लागेर दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
-
काठमाडौंमा सवारीसाधनमा कालो सिसा हटाउने देशव्यापी अभियान सुरु
-
आज असार १७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
कानून कार्यान्वयनमा कठोरता अपनाउन डिआईजी ओम अधिकारीको निर्देशन
-
ट्राफिक नियम कडाइका साथ पालना गर्नुपर्नेमा एसएसपी सुरेश काफ्लेको स्पष्ट धारणा : ५० हजार जरिवानाले होइन, चेतनाले सुधार आवश्यक
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि
1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…





