विद्यालयबाट बेपत्ता ६ वर्षीया बालिका खोलाको किनारमा मृत फेला

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

लम्कीचुहा नगरपालिका–४ अम्मरपुरका विकास कामीकी छोरी मनिषा विक मंगलबार बिहान लम्कीचुहा–२ मोतिपुरस्थित जनचेतना आधारभूत विद्यालयको शिशु कक्षामा अध्ययनका लागि पुगेकी थिइन्। बिहान करिब ७ बजे विद्यालयमा छोडिएपछि उनी विद्यालयबाटै सम्पर्कविहीन भएकी थिइन्।

परिवारले इलाका प्रहरी कार्यालय लम्कीमा जानकारी गराएपछि प्रहरी निरीक्षक जयबहादुर चन्दको नेतृत्वमा सात सदस्यीय टोली खोजीमा परिचालन गरिएको थियो। साँझ थप खोजीका लागि प्रहरी निरीक्षक कविराज रोकायाको नेतृत्वमा अर्को टोली पनि परिचालन गरिएको थियो।

बुधबार बिहान खोजीका क्रममा लम्कीचुहा नगरपालिका–५ चौरीस्थित रोरा खोलाको किनारमा बालिका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

Facebook Comments Box
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि

1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…

TOP
263 Shares