

प्रतिनिधिसभा बैठक आज बस्दै, महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस हुने
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारका वार्षिक प्रतिवेदन पेसदेखि विभिन्न विधेयकमाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दुई महत्वपूर्ण वार्षिक प्रतिवेदन सदनसमक्ष पेस गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछिन् ।
बैठकको व्यवस्थापन कार्यअन्तर्गत विभिन्न नयाँ विधेयकहरू दर्ता तथा छलफलका लागि अघि बढाइनेछन् । कानुन मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने र उक्त विधेयक सदनमा पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि मन्त्री गौतमले नै प्रस्तुत गर्नेछिन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन् ।
आजको बैठकमा सरकारका महत्वपूर्ण प्रतिवेदन र कानुन निर्माणसँग सम्बन्धित विधेयकहरू अघि बढ्ने भएकाले यसलाई संसद्को महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





