

अर्जेन्टिनासँगको हारपछि रेफ्रीविरुद्ध इजिप्टको फिफामा उजुरी
काठमाडौं । विश्वकप फुटबलको अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ गोलले पराजित भएपछि इजिप्ट फुटबल संघले खेलका रेफ्री र भिएआर टोलीविरुद्ध फिफामा औपचारिक उजुरी दर्ता गरेको छ।
इजिप्टले खेलमा शङ्कास्पद तथा पक्षपातपूर्ण निर्णय भएको, आफ्नो वैध गोल अमान्य घोषित गरिएको र पाउनुपर्ने पेनाल्टी नदिइएको दाबी गरेको छ। संघले फ्रान्सेली रेफ्री फ्रान्स्वा लेटेक्सिएर नेतृत्वको रेफ्री टोलीमाथि छानबिन गरी आगामी खेलमा प्रतिबन्ध लगाउन फिफासँग माग गरेको जनाएको छ।
इजिप्टका अनुसार रेफ्रीको निर्णय र दोहोरो मापदण्डका कारण टोलीले अन्यायपूर्ण हार बेहोरेको हो।
यता, इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै आफूले अब कहिल्यै विश्वकप नहेर्ने टिप्पणी गरेका छन्।
समाज
थप सामाग्री-
२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्ती फेरि नियन्त्रणमा लिने तयारी, नयाँ रेडियो कलर जडान गरिने
-
एआइजी मनोज केसीको नाममा ‘इमेल आतंक’! प्रहरीभित्रैको सूचना चुहावट कि साइबर गिरोहको संगठित खेल?
-
गृहमन्त्री गुरुङद्वारा सीआईबीको आकस्मिक निरीक्षण, अनुसन्धान प्रगतिबारे लिए जानकारी
-
आज असार २४ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
गृह प्रशासन सुधार र विपद् पुनःनिर्माणलाई प्राथमिकता दिँदैछौँ : गृहमन्त्री गुरुङ
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि
1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…





