

डीआर कङ्गोमा इबोला प्रकोप तीव्र, १,७०८ संक्रमित र ५८० जनाको मृत्यु : डब्ल्यूएचओ
काठमाडौं । (डीआर कङ्गो) मा इबोला प्रकोप तीव्र बन्दै गएको भन्दै (डब्ल्यूएचओ) ले गम्भीर चेतावनी दिएको छ।
डब्ल्यूएचओका अनुसार हालसम्म १ हजार ७०८ जनामा इबोला संक्रमण पुष्टि भएको छ भने ५८० जनाको मृत्यु भइसकेको छ। मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदनमा र मा संक्रमण तीव्र रूपमा फैलिरहेको उल्लेख गरिएको छ।
डीआर कङ्गोका लागि डब्ल्यूएचओकी प्रतिनिधि ले सार्वजनिक स्वास्थ्य जोखिम उच्च रहेको बताउँदै उपचार केन्द्र पुग्नुअघि हुने मृत्यु र संक्रमण पहिचानमा भइरहेको ढिलाइ चिन्ताजनक रहेको जानकारी दिएकी छन्।
प्रतिवेदनअनुसार अनुसन्धान गरिएका ४३० संक्रमितको मृत्युमध्ये ३९७ जनाको उपचार केन्द्रमा भर्ना हुनुअघि नै मृत्यु भएको थियो। पुष्टि भएका संक्रमितमध्ये ३२.४ प्रतिशत मात्रै सम्पर्क पहिचान (कन्ट्याक्ट ट्रेसिङ) मार्फत फेला परेका छन्, जसले समुदायमा अझै पहिचान नभएका संक्रमण फैलिरहेको संकेत गरेको डब्ल्यूएचओले जनाएको छ।
गत मे १५ मा घोषणा गरिएको यो प्रकोपले मुख्य रूपमा इटुरी, उत्तर किवु र दक्षिण किवु प्रान्तलाई प्रभावित पारेको छ। देशभर २२ भन्दा बढी इबोला उपचार केन्द्रमा करिब ७०० शय्या रहे पनि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चापमा परेको डब्ल्यूएचओले जनाएको छ।
डब्ल्यूएचओका अनुसार परीक्षण क्षमता उल्लेखनीय रूपमा विस्तार गरिएको छ। राजधानी मा दैनिक करिब ३० परीक्षणबाट बढाएर २ हजारभन्दा बढी परीक्षण गर्न सकिने क्षमता विकास गरिएको छ भने प्रभावित क्षेत्रमा १० वटा विकेन्द्रीकृत प्रयोगशाला सञ्चालनमा ल्याइएको छ।
पूर्वी डीआर कङ्गोमा जारी असुरक्षा, आन्तरिक विस्थापन, सुरक्षित खानेपानीको अभाव तथा कमजोर स्वास्थ्य पूर्वाधारले इबोला नियन्त्रण अभियानलाई थप जटिल बनाएको डब्ल्यूएचओले जनाएको छ।
हालको प्रकोप का कारण फैलिएको हो। यस भाइरसविरुद्ध हालसम्म स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन। डब्ल्यूएचओको सहकार्यमा यस प्रजातिबाट हुने रोगको उपचार मूल्याङ्कन गर्न पहिलो क्लिनिकल परीक्षण डीआर कङ्गोमा औपचारिक रूपमा सुरु गरिएको छ।
समाज
थप सामाग्री-
२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्ती फेरि नियन्त्रणमा लिने तयारी, नयाँ रेडियो कलर जडान गरिने
-
एआइजी मनोज केसीको नाममा ‘इमेल आतंक’! प्रहरीभित्रैको सूचना चुहावट कि साइबर गिरोहको संगठित खेल?
-
गृहमन्त्री गुरुङद्वारा सीआईबीको आकस्मिक निरीक्षण, अनुसन्धान प्रगतिबारे लिए जानकारी
-
आज असार २४ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
गृह प्रशासन सुधार र विपद् पुनःनिर्माणलाई प्राथमिकता दिँदैछौँ : गृहमन्त्री गुरुङ
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि
1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…





