भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा सेवा बन्द, सेवाग्राही उपचारबाट प्रभावित

कैलाली । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत फार्मेसी र प्रयोगशाला सेवा बन्द भएपछि सेवाग्राही उपचारमा प्रभावित भएका छन्।

प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य बिमाबापत प्राप्त हुनुपर्ने रकम नपाएपछि जेठ २९ गतेदेखि फार्मेसी र प्रयोगशाला सेवामा बिमा सुविधा स्थगित गरिएको केन्द्रका अधिकारी अमरसिंह चौधरीले जानकारी दिएका छन्।

उनका अनुसार सरकारले बिमाबापत उपलब्ध गराउने रकम नपाउँदा अस्पतालको आन्तरिक स्रोतबाट खर्च धान्न नसकिएकाले बिमा सेवा रोक्न बाध्य भएको हो।

चालु आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बिमामार्फत ४ हजार ३७६ जनाले सेवा लिएका थिए। बिमा सेवा बन्द भएपछि हाल ६५ जना मात्रै सेवा लिन आएको केन्द्रले जनाएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले स्थानीय सरकारसँग पटक–पटक बजेटको माग गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।

Facebook Comments Box
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि

1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…

TOP
125 Shares