

कांग्रेसमा दृष्टिविहीन समलिङ्गी महिलालाई ऐतिहासिक जिम्मेवारी
काठमाडौँ – नेपाली कांग्रेसले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट ऐतिहासिक प्रतिनिधित्व गराएको छ। कांग्रेस सभापति गगनकुमार थापाले जनाएको प्रतिबद्धता कार्यान्वयन गर्दै पार्टीका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा दृष्टिविहीन समलिङ्गी महिला प्रतीक्षा चापागाईँलाई मनोनयन गरेका छन्।
अंग्रेजी साहित्यमा स्नातकोत्तर प्रतीक्षा चापागाईँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीक्यूआई) समुदायको प्रतिनिधित्व गर्दै प्रतिष्ठानको सदस्यमा मनोनयन भएकी हुन्। यसअघि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूले सभापति गगनकुमार थापासँग भेट गरी पार्टीमा प्रतिनिधित्वको माग गरेका थिए। उक्त मागलाई सम्बोधन गर्दै सभापति थापाले समुदायको ऐतिहासिक प्रतिनिधित्व सुनिश्चित गराएका हुन्।
नेपाली कांग्रेसले यसअघि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट पहिलोपटक भूमिका श्रेष्ठलाई महाधिवेशन प्रतिनिधि बनाएको थियो। हाल भूमिका श्रेष्ठ नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आदिवासी जनजाति महिला कोटामा प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित भएकी छन्।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा मनोनयन हुन पाएकोमा प्रतीक्षा चापागाईँले आभार व्यक्त गरेकी छन्। उनले आफ्नो संस्था ‘मायाको पहिचान नेपाल’, आफ्ना सहकर्मीहरू, सम्पूर्ण टोली, युरोपेली सङ्घ र ‘एक्सन एड नेपाल’प्रति कृतज्ञता व्यक्त गर्दै आफू यस जिम्मेवारीको उद्देश्यप्रति पूर्ण प्रतिबद्ध रहेको र नेतृत्वप्रति धन्यवाद दिएकी छन्।
उनले आफ्नो राजनीतिक यात्रामा निरन्तर सहयोग र मार्गदर्शन प्रदान गर्ने मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तप्रति विशेष आभार व्यक्त गरेकी छन्। “नीतिगत तहमा परिवर्तनको कुरा गर्दा समानता र एकरूपताको खोजी गर्ने हाम्रो सम्पूर्ण समुदायको हितका लागि योगदान पुर्याउन सकूँ भन्ने उद्देश्यका साथ आगामी राजनीतिक यात्रामा पनि उहाँबाट यस्तै सहयोगको अपेक्षा गर्दछु,” चापागाईँले लेखेकी छन्।
शिक्षा प्रदान गरेर तथा लैङ्गिक पहिचान र अपाङ्गताका आधारमा कुनै भेदभाव नगरी आफ्नो यात्रामा सधैँ साथ दिने बुबा–आमाप्रति पनि उनले विशेष आभार व्यक्त गरेकी छन्। “म जनसरोकार राख्ने व्यक्ति हुँ र मानवताको मुक्तिका लागि अघि सारिएका बृहत्तर उद्देश्यहरूलाई सधैँ समर्थन गर्नेछु,” उनले उल्लेख गरेकी छन्।
मायाको पहिचान नेपालले नेपाली कांग्रेसद्वारा दृष्टिविहीन समलिङ्गी महिला प्रतीक्षा चापागाईँलाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा मनोनयन गरिएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
संस्थाले जारी गरेको विज्ञप्तिमा, “यो नियुक्ति केवल एक व्यक्तिको उपलब्धि मात्र नभई लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय, विशेषगरी बहुआयामिक विभेदको सामना गरिरहेका व्यक्तिहरूको क्षमता, नेतृत्व र योगदानको औपचारिक स्वीकारोक्ति पनि हो,” भनिएको छ। साथै, दृष्टिविहीनता र समलैङ्गिक पहिचान दुवैका कारण दोहोरो चुनौती सामना गर्दै आएकी प्रतीक्षा चापागाईँको यो जिम्मेवारीमा नियुक्ति हुनु समावेशी लोकतन्त्र र प्रतिनिधित्वको दिशामा महत्त्वपूर्ण सन्देश भएको संस्थाले जनाएको छ।
मायाको पहिचान नेपालले नेपाली कांग्रेसलाई यस सकारात्मक पहलका लागि धन्यवाद दिँदै यो कदम केवल प्रतीकात्मक प्रतिनिधित्वमा सीमित नरही नीति निर्माण, अनुसन्धान, नेतृत्व विकास तथा पार्टीका निर्णय प्रक्रियामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको अर्थपूर्ण र प्रभावकारी सहभागिता सुनिश्चित गर्ने दिशामा अगाडि बढ्ने अपेक्षा पनि व्यक्त गरेको छ।
पहिलो संविधानसभाका सदस्य सुनिल बाबु पन्तले कांग्रेसमा दृष्टिविहीन समलिङ्गी महिलाको प्रतिनिधित्व समावेशी राजनीतितर्फको सकारात्मक कदम भएको बताएका छन्। उनले नेपालका अन्य राजनीतिक दलहरूलाई पनि आफ्ना संरचना, नीति निर्माण निकाय, केन्द्रीय तथा प्रदेश तहका समिति, प्रशिक्षण प्रतिष्ठान र नेतृत्व तहमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई वास्तविक अवसर प्रदान गर्न आग्रह गरेका छन्।
“केवल सदस्यता वितरण वा घोषणापत्रमा समावेशी भाषाको प्रयोग मात्र पर्याप्त हुँदैन। समुदायका मुद्दा, अनुभव र दृष्टिकोणलाई पार्टीको नीति तथा कार्यक्रमभित्र समेट्ने, नेतृत्व विकास गर्ने र निर्णय प्रक्रियामा सहभागी गराउने कार्य नै साँचो समावेशीकरण हो,” पन्तले प्रतिक्रिया दिएका छन्।
उनले नेपालको संविधानले समानता, समावेशिता र सामाजिक न्यायको प्रत्याभूति गरेको उल्लेख गर्दै अब राजनीतिक दलहरूले पनि यी संवैधानिक मूल्यहरूलाई व्यवहारमा उतार्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका नागरिकहरूलाई नेतृत्व र नीति निर्माणका अवसरमा पहुँच दिन आवश्यक रहेको बताए।
पन्तले प्रतीक्षा चापागाईँको नियुक्तिले अन्य राजनीतिक दलहरूलाई पनि सकारात्मक प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनको सफल कार्यकालको शुभकामना दिएका छन्।
समाज
थप सामाग्री-
२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्ती फेरि नियन्त्रणमा लिने तयारी, नयाँ रेडियो कलर जडान गरिने
-
एआइजी मनोज केसीको नाममा ‘इमेल आतंक’! प्रहरीभित्रैको सूचना चुहावट कि साइबर गिरोहको संगठित खेल?
-
गृहमन्त्री गुरुङद्वारा सीआईबीको आकस्मिक निरीक्षण, अनुसन्धान प्रगतिबारे लिए जानकारी
-
आज असार २४ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
गृह प्रशासन सुधार र विपद् पुनःनिर्माणलाई प्राथमिकता दिँदैछौँ : गृहमन्त्री गुरुङ
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि
1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…





