भारतको सेफगार्ड ड्युटीपछि नेपालको स्टिल निर्यात ६८.६७ प्रतिशतले घट्यो

काठमाडौं । भारतले स्टिल आयातमा सेफगार्ड ड्युटी (संरक्षणात्मक भन्सार महसुल) लागू गरेपछि भारततर्फ नेपालको फलाम तथा स्टिल निर्यातमा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा स्टिल निर्यात ६८.६७ प्रतिशतले घटेर ४ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ।

तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा नेपालले भारततर्फ १५ अर्ब ४२ करोड रुपैयाँ बराबरको स्टिल निर्यात गरेको थियो। तर भारतको नयाँ व्यापार नीतिका कारण एक वर्षमै करिब १० अर्ब ५९ करोड रुपैयाँ बराबरको निर्यात घटेको छ।

उद्योगीहरूका अनुसार निर्यातमा आएको गिरावटले सरकारी राजस्व, वैदेशिक मुद्रा आम्दानी तथा रोजगारीमा समेत नकारात्मक असर परेको छ। आगामी महिनाहरूमा भारतले थप आयात प्रतिबन्ध लगाउने सम्भावना रहेकाले नेपाली स्टिल उद्योग थप संकटमा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

भारतले गत डिसेम्बरदेखि केही स्टिल उत्पादनमा ११ देखि १२ प्रतिशतसम्मको तीन वर्षे सेफगार्ड ड्युटी लागू गरेको छ। यो व्यवस्था नेपालसहित चीन र भियतनामबाट हुने स्टिल आयातमा लागू गरिएको हो।

नेपाली उद्योगीहरूले नेपाल अल्पविकसित मुलुक (एलडीसी) भएकाले यस्तो महसुल न्यायसंगत नभएको बताएका छन्। उनीहरूले नेपाल सरकारलाई भारतसँग कूटनीतिक पहल गरी सेफगार्ड ड्युटी हटाउन पहल गर्न आग्रह गरेका छन्।

व्यापार विज्ञहरूले यस्ता व्यापारिक अवरोध समाधानका लागि सरकार–सरकार (जीटुजी) स्तरमा प्रभावकारी संवाद आवश्यक रहेको औंल्याएका छन्।

Facebook Comments Box
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि

1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…

TOP
213 Shares