बारामा ई–रिक्साभित्र लुकाएर ल्याइएका ब्याट्री–इन्भर्टरसहित तीन पक्राउ

बारा । नेपाल–भारत सीमाबाट भन्सार छली गरी ल्याइएको आशंकामा प्रहरीले ब्याट्री, इन्भर्टर तथा दुईवटा सवारी साधनसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मुजफ्फरपुर निवासी २२ वर्षीय अमन सिंह, बिहार राज्य मोतिहारीको बनकटवा प्रखण्ड बिजबनी निवासी २० वर्षीय अमर कुमार तथा बारा सिम्रौनगढ नगरपालिका–७ कबलपुर निवासी ४० वर्षीय खजान्ति साह रहेका छन्।

प्रहरी चौकी श्रीनगर बैरियाबाट खटिएको टोलीले सिम्रौनगढ नगरपालिका–१ वैरिया क्षेत्रमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ह ३२५८ नम्बरको ई–रिक्सा र भारतीय नम्बर BR06Z6215 को मोटरसाइकललाई रोकी जाँच गरेको थियो।

जाँचका क्रममा ई–रिक्साभित्र दुई थान Exide ब्याट्री, एक थान Eastman 105Ah ब्याट्री तथा एक थान Microtek इन्भर्टर फेला परेको प्रहरीले जनाएको छ। सम्बन्धित व्यक्तिले खरिद बिल, भन्सार तिरेको प्रमाण वा अन्य वैधानिक कागजात पेश गर्न नसकेपछि प्रहरीले सामान नियन्त्रणमा लिएको हो।

बरामद गरिएको ब्याट्री, इन्भर्टर, ई–रिक्सा र मोटरसाइकलसहितको अनुमानित मूल्य करिब ४ लाख ७० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जना तथा बरामद सामानलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।

प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छली नियन्त्रणका लागि नियमित गस्ती र चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ।

Facebook Comments Box
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि

1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…

TOP
180 Shares