

सुनचाँदीको भाउ लगातार घट्यो, सुन तोलाको २ लाख ८७ हजार १०० रुपैयाँ
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार चौथो कारोबार दिन पनि घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घटेर ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
आइतबारदेखि लगातार ओरालो लागेको सुनको मूल्य आइतबार ४०० रुपैयाँ, सोमबार ९०० रुपैयाँ, मंगलबार १ हजार ४०० रुपैयाँ र बुधबार थप ९०० रुपैयाँले घटेको हो। त्यस्तै, चाँदीको मूल्य पनि चारै कारोबार दिन लगातार घट्दै आएको छ।
समाज
थप सामाग्री-
२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्ती फेरि नियन्त्रणमा लिने तयारी, नयाँ रेडियो कलर जडान गरिने
-
एआइजी मनोज केसीको नाममा ‘इमेल आतंक’! प्रहरीभित्रैको सूचना चुहावट कि साइबर गिरोहको संगठित खेल?
-
गृहमन्त्री गुरुङद्वारा सीआईबीको आकस्मिक निरीक्षण, अनुसन्धान प्रगतिबारे लिए जानकारी
-
आज असार २४ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
गृह प्रशासन सुधार र विपद् पुनःनिर्माणलाई प्राथमिकता दिँदैछौँ : गृहमन्त्री गुरुङ
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि
1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…





