प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रसँग गरे आर्थिक सुधार र लगानी वातावरणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग, व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारका विषयमा बुधबार निजी क्षेत्रका उद्योगी–व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान र सुदृढ बनाउने, उद्योग–व्यवसायलाई गति दिने तथा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले आवश्यक सहजीकरण गर्ने विषयमा धारणा राखेका हुन्।

प्रधानमन्त्री शाहले नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र उत्पादन वृद्धि गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताए।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहलाई थप सहज बनाउने तथा सरकार–निजी क्षेत्रबीच नियमित, प्रभावकारी र परिणाममुखी संवादलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए।

Facebook Comments Box
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि

1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…

TOP
Shares