

सिंहदरबारमा ह्वीलचियर र सहजकर्ता सेवा सुरु, अशक्त र ज्येष्ठ नागरिकलाई सहज पहुँच
काठमाडौं । सिंहदरबारभित्र रहेका सरकारी कार्यालयहरूमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका सेवाग्राही तथा सरकारी कर्मचारीको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ता सेवा सुरु गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले बुधबार उक्त सेवाको शुभारम्भ गरेका हुन्।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन तथा प्रचलित कानुनले सुनिश्चित गरेका नागरिक र श्रमिक अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले सरकारले यो व्यवस्था लागू गरेको जनाएको छ।
मुख्यसचिव अर्यालले सार्वजनिक सेवा लिन आउने सेवाग्राही तथा कार्यालयमा कार्यरत कर्मचारीले अब शारीरिक अवस्थाका कारण सेवा प्राप्त गर्न कठिनाइ भोग्न नपर्ने बताए। सिंहदरबारका अधिकांश कार्यालय अपाङ्गमैत्री बनिसकेको र बाँकी कार्यालयमा पनि आवश्यक संरचना निर्माण गरिने उनले जानकारी दिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित रूपमा पुर्याउन प्रत्येक ह्वीलचियरसँग एक जना सहजकर्ता कर्मचारी खटाइने व्यवस्था गरिएको छ।
सरकारले यो सेवालाई दीर्घकालीन रूपमा सञ्चालन गर्दै आगामी दिनमा देशभरका अन्य सरकारी कार्यालयहरूमा समेत विस्तार गर्ने तयारी गरेको जनाएको छ।
समाज
थप सामाग्री-
२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्ती फेरि नियन्त्रणमा लिने तयारी, नयाँ रेडियो कलर जडान गरिने
-
एआइजी मनोज केसीको नाममा ‘इमेल आतंक’! प्रहरीभित्रैको सूचना चुहावट कि साइबर गिरोहको संगठित खेल?
-
गृहमन्त्री गुरुङद्वारा सीआईबीको आकस्मिक निरीक्षण, अनुसन्धान प्रगतिबारे लिए जानकारी
-
आज असार २४ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
गृह प्रशासन सुधार र विपद् पुनःनिर्माणलाई प्राथमिकता दिँदैछौँ : गृहमन्त्री गुरुङ
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि
1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…





