

साना नदी–खोलामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा बहने साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू, साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने सतर्कता तहभन्दा तल नै रहेको छ । ठूला नदीहरूको अवस्था सामान्य रहे पनि साना नदी तथा खोलाहरूमा वर्षाका कारण बहाव बढ्न सक्ने जोखिम देखिएको महाशाखाले जनाएको छ ।
आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा लगायतका जिल्ला तथा आसपासका क्षेत्रमा बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियालगायतका जिल्लाका केही साना नदीहरूमा पनि आकस्मिक बाढीको सम्भावना रहेको बताइएको छ ।
महाशाखाले आगामी दुई दिनको मौसम पूर्वानुमानअनुसार भोलि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साना नदीहरूमा बहाव अचानक बढ्न सक्ने जनाएको छ । यस्तै पर्सि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साना नदी तथा खोलामा पनि बहाव बढ्ने सम्भावना रहेको छ ।
महाशाखाले नदी तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, आवश्यक सावधानी अपनाउन र मौसम तथा बाढीसम्बन्धी सूचनामा ध्यान दिन आग्रह गरेको छ ।
समाज
थप सामाग्री-
२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्ती फेरि नियन्त्रणमा लिने तयारी, नयाँ रेडियो कलर जडान गरिने
-
एआइजी मनोज केसीको नाममा ‘इमेल आतंक’! प्रहरीभित्रैको सूचना चुहावट कि साइबर गिरोहको संगठित खेल?
-
गृहमन्त्री गुरुङद्वारा सीआईबीको आकस्मिक निरीक्षण, अनुसन्धान प्रगतिबारे लिए जानकारी
-
आज असार २४ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
गृह प्रशासन सुधार र विपद् पुनःनिर्माणलाई प्राथमिकता दिँदैछौँ : गृहमन्त्री गुरुङ
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि
1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…





