

संविधान संशोधन कार्यदलबाट चार दलका प्रतिनिधि बाहिरिए
काठमाडौं । सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट चार राजनीतिक दलका प्रतिनिधिहरू बाहिरिएका छन्। प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेका बेला उनीहरूले कार्यदलको प्रक्रिप्रति असहमति जनाउँदै सहभागिता अन्त्य गरेका हुन्।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको कार्यदलमा नेपाली कांग्रेसबाहेक अधिकांश राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए। कार्यदलबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू बाहिरिएका हुन्।
कार्यदलमा नेकपाबाट देवप्रसाद गुरुङ, जसपाबाट सुरेन्द्र झा, लोसपाबाट लक्ष्मणलाल कर्ण र राष्ट्रिय जनमोर्चाबाट मनोज भट्ट सदस्य थिए। उनीहरूले असार २२ गते संयोजक असिम शाहलाई सम्बोधन गर्दै कार्यदलबाट बाहिरिएको जानकारी गराएका छन्।
संयुक्त विज्ञप्तिमार्फत उनीहरूले संविधान संशोधन अघि बढाउनुअघि हालको बहसपत्र तयार गर्ने प्रक्रिया खारेज गर्नुपर्ने माग गरेका छन्। साथै संविधानको प्रस्तावना, आधारभूत मूल्यमान्यता तथा संवेदनशील धाराहरू नचलाइने स्पष्ट प्रतिबद्धता सरकारले जनाउनुपर्ने अडान राखेका छन्।
चार दलले संशोधन आवश्यक ठानिएका विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूको सर्वदलीय बैठक बोलाई राष्ट्रिय सहमतिका आधारमा प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।
गत चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो। त्यसअनुसार असिम शाहको नेतृत्वमा कार्यदलले काम अघि बढाएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याइसकेको छ र सरकारले दिएको दोस्रो समयसीमाभित्र प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाउने तयारी भइरहेको छ।
सचिवालयले कार्यदलका केही सदस्यहरू अन्तिम समयमा बाहिरिएको उल्लेख गर्दै उनीहरू करिब ८३ दिनसम्म कार्यदलमा सक्रिय रूपमा सहभागी रहेको जनाएको छ।
समाज
थप सामाग्री-
२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्ती फेरि नियन्त्रणमा लिने तयारी, नयाँ रेडियो कलर जडान गरिने
-
एआइजी मनोज केसीको नाममा ‘इमेल आतंक’! प्रहरीभित्रैको सूचना चुहावट कि साइबर गिरोहको संगठित खेल?
-
गृहमन्त्री गुरुङद्वारा सीआईबीको आकस्मिक निरीक्षण, अनुसन्धान प्रगतिबारे लिए जानकारी
-
आज असार २४ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
गृह प्रशासन सुधार र विपद् पुनःनिर्माणलाई प्राथमिकता दिँदैछौँ : गृहमन्त्री गुरुङ
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि
1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…





