

नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझी र प्रतीक थापासहित ७ जनाले पाए सफाइ, रायमाझी–खाँणसहित १५ जना दोषी ठहर
काठमाडौं । काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला सुनाउँदै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी र पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापासहित सात जनालाई सफाइ दिएको छ।
सफाइ पाउने अन्यमा रामशरण केसी, टंककुमार गुरुङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले सुनाएको फैसलाअनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १५ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ। उनीहरूको सजाय निर्धारणका लागि असार २९ गते पेसी तोकिएको अदालतले जनाएको छ।
सरकारी वकिलको कार्यालयले २०८० जेठ १० गते रायमाझी, खाँण, पाण्डेलगायत ३० जनाविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको अपराध, संगठित अपराध तथा एकीकृत कसुरअन्तर्गत मुद्दा दायर गरेको थियो।
अदालतले टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुर, ठगी तथा संगठित अपराधमा दोषी ठहर गरेको छ भने बालकृष्ण खाँणलाई ती कसुरमा मतियारको भूमिका रहेको ठहर गरेको छ।
त्यस्तै, पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको छ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा मतियारको भूमिका खेलेको भन्दै दोषी ठहर गरिएको छ।
यसैगरी, मुख्य योजनाकारका रूपमा आरोपित सानु भण्डारी र केशव दुलाललाई सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको छ।
अदालतले दोषी ठहर भएका प्रतिवादीहरूको सजाय आगामी असार २९ गते निर्धारण गर्नेछ।
समाज
थप सामाग्री-
२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्ती फेरि नियन्त्रणमा लिने तयारी, नयाँ रेडियो कलर जडान गरिने
-
एआइजी मनोज केसीको नाममा ‘इमेल आतंक’! प्रहरीभित्रैको सूचना चुहावट कि साइबर गिरोहको संगठित खेल?
-
गृहमन्त्री गुरुङद्वारा सीआईबीको आकस्मिक निरीक्षण, अनुसन्धान प्रगतिबारे लिए जानकारी
-
आज असार २४ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
गृह प्रशासन सुधार र विपद् पुनःनिर्माणलाई प्राथमिकता दिँदैछौँ : गृहमन्त्री गुरुङ
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि
1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…





