

निर्मला पन्त हत्या प्रकरणमा नयाँ अनुसन्धान समिति गठन, एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा अनुसन्धान सुरु
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ वर्ष पुग्न लाग्दा नेपाल प्रहरीले अनुसन्धानलाई नयाँ ढंगबाट अघि बढाउने प्रयास थालेको छ। प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन गरेको छ।
प्रहरीका अनुसार १३ सदस्यीय टोलीले केही दिनअघिदेखि नै अनुसन्धान सुरु गरिसकेको छ। टोली कञ्चनपुर पुगेर हालसम्म संकलित प्रमाण, प्रतिवेदन र सूचनाको पुनः समीक्षा गरिरहेको छ। एसएसपी पंगेनी यसअघि यस प्रकरणको अनुसन्धानमा संलग्न थिएनन्।
निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो। त्यसयता यो प्रकरणमा नेपाल प्रहरीका आठ जना प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन भइसकेका छन् भने विभिन्न अनुसन्धान समिति गठन भए पनि घटनाको वास्तविक दोषी पहिचान हुन सकेको छैन।
प्रहरीका अनुसार अबको अनुसन्धान डीएनए परीक्षणभन्दा उपलब्ध अन्य प्रमाण, तथ्य, बयान तथा नयाँ सूचनाको विश्लेषणमा केन्द्रित हुनेछ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख जीवन रिजाल नेतृत्वको समितिले यसअघि डीएनए नमुना संकलन प्रक्रियामै त्रुटि भएको निष्कर्ष निकालेपछि अनुसन्धानको प्राथमिकता अन्य प्रमाणतर्फ मोडिएको हो।
प्रहरीले घटनासँग सम्बन्धित सबै पुराना विवरण र भौतिक प्रमाणको पुनः विश्लेषण गर्दै वैज्ञानिक आधारमा अनुसन्धानलाई निष्कर्षमा पुर्याउने प्रयास जारी रहेको जनाएको छ।
समाज
थप सामाग्री-
२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्ती फेरि नियन्त्रणमा लिने तयारी, नयाँ रेडियो कलर जडान गरिने
-
एआइजी मनोज केसीको नाममा ‘इमेल आतंक’! प्रहरीभित्रैको सूचना चुहावट कि साइबर गिरोहको संगठित खेल?
-
गृहमन्त्री गुरुङद्वारा सीआईबीको आकस्मिक निरीक्षण, अनुसन्धान प्रगतिबारे लिए जानकारी
-
आज असार २४ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
गृह प्रशासन सुधार र विपद् पुनःनिर्माणलाई प्राथमिकता दिँदैछौँ : गृहमन्त्री गुरुङ
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि
1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…





