आज असार २८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मेष- दाजुभाइ, दिदीबहिनी वा छिमेकीको सहयोग गर्नुपर्ने भएकाले केही समय व्यस्तता रहनेछ । व्यक्तिगत पहिचान, प्रतिष्ठा र व्यवसायिक उन्नतिका लागि चालिएका प्रयास सफल हुने संकेत छन् । नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमता बढ्नेछ । कलात्मक क्षेत्रमा रुचि हुनेहरूले वरिष्ठको प्रशंसा पाउन सक्छन् ।

वृष- घर परिवारसँग सम्पर्क गरी महत्त्वपूर्ण जानकारी प्राप्त हुने समय छ । परिवारका सानातिना विषयले मन खिन्न बनाउन सक्छ । आम्दानी अपेक्षाभन्दा राम्रो भएपनि प्रतिष्ठा जोगाउन वा आवश्यक खर्चका कारण धन बाहिरिन सक्छ । निजी आवश्यकता पूरा गर्न खर्च बढेपनि अप्रत्याशित लाभ प्राप्त हुने सम्भावना छ।

मिथुन- प्रयासअनुसार सफलता मिल्ने दिन छ । उच्च शिक्षा र अनुसन्धानमा संलग्न व्यक्तिका लागि समय अनुकूल छ भने विद्यार्थीले अध्ययनमा ध्यान दिनुपर्छ। आफ्ना सपना र योजनालाई व्यवहारमा उतार्ने अवसर मिल्नेछ । पेसागत उन्नतिका लागि गरिएका प्रयास फलदायी बन्नेछन् ।

कर्कट- जीवनसाथी वा प्रेमीरप्रेमिकाको भावनालाई बेवास्ता नगर्नुहोस् । रिस र अहंकारले सम्बन्धमा तनाव आउन सक्छ । आत्मसंयम अपनाएमा परिस्थिति सहज बन्नेछ । तरल पदार्थ, खाद्य सामाग्री, फलफूल, तरकारी तथा सौन्दर्य सामाग्रीको व्यवसायमा लाभ हुने योग छ ।

सिंह- घर परिवार वा सन्तानका लागि अतिरिक्त खर्च हुन सक्छ । भाइबहिनी वा साथीभाइलाई मार्गदर्शन गर्ने अवसर मिल्नेछ । जुनियर कर्मचारी वा साथीका कारण केही चिन्ता बढ्न सक्छ । आफ्नो क्षमता र प्रतिभाका आधारमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ ।

कन्या –परीक्षा, अन्तर्वार्ता वा प्रतियोगितामा सफलता प्राप्त गर्न कडा मेहनत आवश्यक छ । जिम्मेवारी बढ्नेछ । वरिष्ठ, गुरु वा अभिभावकको साथ र सुझाव लाभदायी हुनेछ । मिहिनेत गरे पुरस्कार वा सम्मान प्राप्त हुने सम्भावना छ । प्रतिस्पर्धीसमेत सहयोगका लागि तपाईंकहाँ आउन सक्छन् ।

तुला- आम्दानीका नयाँ स्रोत खुल्नेछन् । खर्च पनि बढ्ने भएपनि आर्थिक सन्तुलन कायम रहनेछ । असम्भव योजनामा लगानी गर्दा घाटा हुन सक्छ । काठ, प्लास्टिक, रबर, मर्मतसम्भार तथा प्राविधिक व्यवसायमा लाभ हुनेछ । सामाजिक कार्यक्रममा सहभागी हुँदा नियमित काममा केही अवरोध आउन सक्छ ।

वृश्चिक- शारीरिक थकान र उत्साहमा कमी महसुस हुन सक्छ । कार्यस्थलमा दबाब बढ्नेछ, तर धैर्य र मेहनतले लाभ मिल्नेछ । आज अरूको चिन्तासँगै आफ्नै स्वास्थ्य र मानसिक सन्तुलनमा पनि ध्यान दिनु आवश्यक छ ।

धनु- कार्यस्थलमा नयाँ जिम्मेवारी आउन सक्छ । परिवार र जीवन साथीलाई पनि पर्याप्त समय दिनुपर्ने परिस्थिति रहनेछ । प्रेम सम्बन्धमा मधुरता बढ्नेछ । सहकर्मीसँग विवाद हुन सक्ने भएकाले संयम अपनाउनु उचित हुनेछ । महत्त्वपूर्ण काम समयमै सम्पन्न गर्नु राम्रो हुनेछ ।

मकर- सानो उपलब्धिका लागि पनि धेरै मेहनत गर्नुपर्ने देखिन्छ । इलेक्ट्रिकल, सञ्चार तथा धातुसम्बन्धी व्यवसायमा लाभ हुनेछ । अनावश्यक चिन्ताले काममा असर पर्न सक्छ । पर्याप्त आराम र नियमित अध्ययनमा ध्यान दिए सफलता प्राप्त हुनेछ । बहस वा तर्कमा विजय मिल्ने सम्भावना छ ।

कुम्भ- नयाँ व्यवसाय वा लगानीतर्फ आकर्षण बढ्नेछ । बुद्धिमत्ता र रणनीतिले कठिन परिस्थिति पनि आफ्नो पक्षमा पार्न सकिनेछ । परिवारमा सुख, बृद्धबृद्धाको आशीर्वाद र सन्तानबाट खुसी प्राप्त हुनेछ । अध्ययन, अनुसन्धान तथा विज्ञान प्रविधिसम्बन्धी क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने दिन छ ।

मीन- घरायसी जिम्मेवारीका कारण कार्य क्षेत्रमा केही प्रभाव पर्न सक्छ । शंका र अविश्वासले सम्बन्धमा दूरी बढ्न सक्छ, त्यसैले खुला संवाद आवश्यक छ । भावनात्मक रूपमा संवेदनशील दिन भएकाले धैर्य अपनाउनु राम्रो हुनेछ । अनावश्यक मनोरञ्जन वा विलासिताले महत्त्वपूर्ण काममा अवरोध पुर्‍याउन सक्छ।

Facebook Comments Box
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि

1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…

TOP
477 Shares