

जेनजी अगुवालाई रिहाइ गर्न जसपा नेता बस्नेतको माग
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले किर्तिपुरमा होल्डिङ सेन्टरमा पुगेका जेनजी अगुवाहरुलाई पक्राउको विरोध गर्दै उनीहरुरुको रिहाइको माग गरेका छन् । सुकुम्बासीमाथि आइपरेको अहिलेको विपत्तिको कारक वर्तमान सरकार भएको भन्दै बस्नेतले सरकारलाई सम्हालिनसमेत सुझाव दिएका छन् ।
बस्नेतले भने, ‘हिजोको सरकार र आजको सरकारमा फरक देखिएन भने हिजोको सरकारको जस्तै आजको सरकारको बेहाल हुन बेर लाग्दैन । सत्ताको उन्माद छोडेर नागरिकको सरकार बन्ने प्रयत्न गर्नु नै सरकारको लागि श्रेयष्कर हुन्छ । जनतामाथि संकट बढ्नु भनेको सत्तामा संकट निम्तिनु यो कुरा हेक्का होस् ।’
सत्तामा अहिले अनाधिकृत व्यक्तिहरुको रजगज चलेको भनेर सर्वत्र विरोध भइरहेको छ, सरकारले सत्ता शक्तिको दुरुपयोग नगरोस्, उनले भने ।
गरिबमारा नीति छोडेर गरिबका लागि नीति बनाउन सरकारलाई उनको आग्रह छ ।
समाज
थप सामाग्री-
सदनमा जुहारी खेल्नमै व्यस्त सांसदहरु, देश र जनताका मुद्दा ओझेलमा
-
राज्य संयन्त्रमाथि प्रश्न : प्रधानमन्त्रीको नाममा प्रहरी चलाउने अधिकार कसलाई ?
-
बाढी–पहिरोले पाँच प्रमुख राजमार्ग प्रभावित, जोखिमयुक्त सडकमा यात्रा नगर्न प्रहरीको आग्रह
-
गणेश नेपालीको मृत्यु केवल एउटा परिवारको शोक होइन, हाम्रो राज्य र समाजको असफलताको ऐना हो
-
आखिर हाम्रो समाज कहाँ जाँदैछ ? बाँच्ने आशा हराउँदै गएको देशको पीडादायी चित्र
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
२ दिन अगाडि
1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…





