कोटेश्वरमा विशेष अपरेसन : २८ केजी गाँजा र ब्राउन सुगरसहित पाँच जना पक्राउ

काठमाडौं । प्रहरी प्रभाग कोटेश्वरको टोलीले काठमाडौंको नरेफाँट क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेसनमा २८ केजी गाँजा र २९ ग्राम ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टरको कमाण्डमा खटिएको टोलीले लागुऔषध नियन्त्रण अभियानका क्रममा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लागुऔषधको अवैध कारोबार तथा ओसारपसारमा संलग्न गिरोहका नाइकेसहित पाँच जना रहेका छन्।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

Facebook Comments Box
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि

1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…

TOP
322 Shares