एपीएफ इन्टेलिजेन्स ब्युरोको विशेष अपरेसन : कटुवा पेस्तोलसहित एक जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरी बल, नेपालको इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा मोरङको विराटनगरबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरिएको छ।

डिआइजी दीपेन्द्र शाहको नेतृत्वमा सूचना–आधारित सुरक्षा रणनीतिअनुसार सञ्चालन गरिएको अपरेसनमा २०८३ असार २८ गते बिहान विराटनगर महानगरपालिका–१४, जतुवास्थित एक घरमा छापा मारिएको थियो।

बीओपी रानीबाट सशस्त्र प्रहरी निरीक्षक सुबास खत्रीको नेतृत्वमा खटिएको ९ सदस्यीय टोलीले ३१ वर्षीय सुबासचन्द्र यादवलाई नियन्त्रणमा लिएको हो।

कारबाहीका क्रममा प्रहरीले एक थान कटुवा पेस्तोल, एक राउन्ड गोली, गाँजाजस्तो देखिने प्रतिबन्धित पदार्थ, एक थान भाला, दुई थान मोबाइल फोन, पर्स, मोटरसाइकलको चाबी तथा विभिन्न कागजात बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरीले सीमापारबाट हुने अवैध हतियार ओसारपसार, लागूऔषध कारोबार तथा संगठित अपराध नियन्त्रणका लागि सूचना–आधारित निगरानी र अपरेसनलाई तीव्र बनाएको जनाएको छ।

पक्राउ परेका यादवमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

Facebook Comments Box
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि

1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…

TOP
196 Shares