

सरकारका योजना कार्यान्वयन अनुगमन गर्न ‘पीएम डेलिभरी युनिट’ स्थापना गरिने
काठमाडौं । सरकारका प्रतिबद्धता तथा विकास योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ‘प्रधानमन्त्री कार्यसम्पादन एकाइ (PM Delivery Unit)’ स्थापना गरिने भएको छ।
असार १८ गते मन्त्रिपरिषद्बाट स्वीकृत १८ बुँदे राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन, प्रगति अनुगमन तथा विभिन्न मन्त्रालयबीच समन्वय गर्ने जिम्मेवारी यही एकाइलाई दिइनेछ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार कार्यसूची तथा राष्ट्रिय मान्यता प्राप्त ६ राजनीतिक दलका घोषणापत्र र प्रतिबद्धतालाई समेटेर तयार गरिएको राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनमा यस एकाइले प्रमुख भूमिका खेल्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरकारका अनुसार केही प्रतिबद्धता आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेटमा समावेश भइसकेका छन् भने बाँकी एजेन्डालाई आगामी सुधार योजनासँग जोडेर कार्यान्वयन गरिनेछ।
सरकारले ‘पीएम डेलिभरी युनिट’ नयाँ अवधारणा नभएको उल्लेख गर्दै बेलायत, मलेसिया र रुवान्डालगायतका देशमा यस्तै संयन्त्रमार्फत सरकारका प्राथमिकताप्राप्त कार्यक्रमको कार्यान्वयन तथा अनुगमन हुँदै आएको जनाएको छ।
यस एकाइले सरकारका योजना समयमै कार्यान्वयन भए–नभएको मूल्याङ्कन गर्ने, प्रगतिको नियमित अनुगमन गर्ने तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गरी कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
सदनमा जुहारी खेल्नमै व्यस्त सांसदहरु, देश र जनताका मुद्दा ओझेलमा
-
राज्य संयन्त्रमाथि प्रश्न : प्रधानमन्त्रीको नाममा प्रहरी चलाउने अधिकार कसलाई ?
-
बाढी–पहिरोले पाँच प्रमुख राजमार्ग प्रभावित, जोखिमयुक्त सडकमा यात्रा नगर्न प्रहरीको आग्रह
-
गणेश नेपालीको मृत्यु केवल एउटा परिवारको शोक होइन, हाम्रो राज्य र समाजको असफलताको ऐना हो
-
आखिर हाम्रो समाज कहाँ जाँदैछ ? बाँच्ने आशा हराउँदै गएको देशको पीडादायी चित्र
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि
1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…





