

भारत हुँदै श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा, ४३४ कम्पनीलाई चेतावनी
काठमाडौं । वैदेशिक रोजगार विभागले अनुमति नलिई भारतका विमानस्थलमार्फत नेपाली श्रमिकलाई विदेश पठाउने १५९ वटा म्यानपावर कम्पनीमाथि कारबाही गरेको छ। साथै, मागिएको विवरण पेश नगर्ने ४३४ वैदेशिक रोजगार व्यवसायी संस्थालाई पहिलो पटक औपचारिक चेतावनी दिएको छ।
विभागका अनुसार १,११७ इजाजतप्राप्त म्यानपावरमध्ये ६७८ कम्पनीले मात्र उडान विवरण बुझाएका थिए। विवरण अध्ययनका क्रममा १५९ कम्पनीले विभागको पूर्वस्वीकृतिबिना भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएपछि वैदेशिक रोजगार ऐनअनुसार सचेत गराइएको हो।
यस्तै, ऐन तथा विभागीय निर्देशन पटक–पटक उल्लंघन गर्ने ८ वटा म्यानपावर कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। विभागले यस्ता गतिविधिमाथि अब थप कडा अनुगमन र कानुनी कारबाही गरिने जनाएकोs छ।
समाज
थप सामाग्री-
सदनमा जुहारी खेल्नमै व्यस्त सांसदहरु, देश र जनताका मुद्दा ओझेलमा
-
राज्य संयन्त्रमाथि प्रश्न : प्रधानमन्त्रीको नाममा प्रहरी चलाउने अधिकार कसलाई ?
-
बाढी–पहिरोले पाँच प्रमुख राजमार्ग प्रभावित, जोखिमयुक्त सडकमा यात्रा नगर्न प्रहरीको आग्रह
-
गणेश नेपालीको मृत्यु केवल एउटा परिवारको शोक होइन, हाम्रो राज्य र समाजको असफलताको ऐना हो
-
आखिर हाम्रो समाज कहाँ जाँदैछ ? बाँच्ने आशा हराउँदै गएको देशको पीडादायी चित्र
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि
1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…





