‘बावी’ आँधी चीनमा प्रवेश, करिब २० लाख मानिस सुरक्षित स्थानमा स्थानान्तरण

काठमाडौं । शक्तिशाली ‘बावी’ आँधी चीनमा प्रवेश गरेपछि लाखौँ मानिस प्रभावित भएका छन्। एक साताभित्र चीनलाई असर गर्ने यो दोस्रो ठूलो आँधी बनेसँगै सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै करिब २० लाख नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

चीनको मौसम विभागका अनुसार आँधी झेजियाङ प्रान्तको ताइझोउ तटीय क्षेत्रमा ठोक्किएपछि वेन्झोउ क्षेत्रमा पुनः जमिनमा प्रवेश गरेको हो। यसका कारण भारी वर्षा, तीव्र हावा, बाढी र डुबानको जोखिम बढेको छ। झेजियाङ प्रान्तबाट मात्रै १७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

आँधीका कारण विद्यालय बन्द गरिएका छन्, करिब ४०० उडान र धेरै रेल सेवा रद्द भएका छन् भने विभिन्न क्षेत्रमा दैनिक जनजीवन प्रभावित भएको छ। मौसमविद्हरूले आँधी कमजोर बन्दै गए पनि अत्यधिक वर्षा र बाढीको जोखिम अझै कायम रहेकाले सतर्क रहन आग्रह गरेका छन्। यसअघि जापान, ताइवान र फिलिपिन्समा पनि ‘बावी’ले व्यापक क्षति पुर्‍याएको थियो।

Facebook Comments Box
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि

1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…

TOP
113 Shares