साउन १ देखि ललितपुरमा घरमै स्वास्थ्य सेवा, ११३१ मा फोन गरे डाक्टरसहित एम्बुलेन्स पुग्ने

ललितपुर । ललितपुर महानगरपालिकाले साउन १ गतेदेखि महानगरवासीका लागि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने नयाँ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ।

महानगरका मेयर चिरिबाबु महर्जनका अनुसार अब घरमा कोही बिरामी परे ११३१ नम्बरमा फोन गरेपछि चिकित्सक, नर्स, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स बिरामीको घरमै पुगेर उपचार गर्नेछ।

यदि बिरामीको अवस्था घरमै उपचार गर्न सकिने नभए चिकित्सकले आवश्यक रिफरल चिठ्ठी तयार गरी सोही एम्बुलेन्समार्फत बिरामीलाई उपयुक्त अस्पतालमा सुरक्षित रूपमा पुर्‍याउने व्यवस्था पनि महानगरपालिकाले गर्ने जनाएको छ।

महानगरपालिकाले यो सेवामार्फत नागरिकले समयमै स्वास्थ्य सेवा पाउने, अस्पतालसम्म पुग्न हुने ढिलाइ कम हुने तथा आपत्कालीन अवस्थामा सहज र प्रभावकारी उपचार सेवा उपलब्ध हुने अपेक्षा गरेको छ।

Facebook Comments Box
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि

1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…

TOP
181 Shares