ओमान नजिक जहाजमाथि आक्रमण, ११ भारतीयमध्ये १० जनाको उद्धार, एक अझै बेपत्ता

ललितपुर । इरान–अमेरिका तनावबीच ओमानको तट नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका ११ भारतीयमध्ये १० जनाको सकुशल उद्धार गरिएको छ भने एकजना अझै बेपत्ता रहेको भारतले जनाएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार ‘जीएफएस ग्यालेक्सी’ नामक व्यावसायिक जहाजमाथि आइतबार बिहान ओमानको तट नजिक आक्रमण भएको हो। घटनापछि खोज तथा उद्धार अभियान जारी रहेको मन्त्रालयले जनाएको छ।

अमेरिकी सेन्ट्रल कमान्डले आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै आगलागी र इन्जिन कक्षमा पुगेको क्षतिका कारण जहाज सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ। बेलायती सामुद्रिक सुरक्षा निकाय (UKMTO) का अनुसार चालक दलका सदस्यले जहाज छाडेर लाइफबोटमा आश्रय लिएका थिए।

भारतले व्यावसायिक जहाज र नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न र अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित तथा निर्बाध आवागमन सुनिश्चित गर्न आग्रह गरेको छ। साथै, इरान–अमेरिका तनावले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्दै गएको जनाएको छ।

Facebook Comments Box
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि

1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…

TOP
423 Shares