

दसैँसम्म सरकार नटिक्ने दुर्गा प्रसाईंको दाबी, ‘आएको बाटोबाटै जान्छ’
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वर्तमान सरकार दसैँसम्म नटिक्ने दाबी गरेका छन्। झापाबाट काठमाडौं आइपुगेपछि विमानस्थलमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले केही समय नियन्त्रणमा लिएर निवाससम्म पुर्याएपछि उनले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै सरकारविरुद्ध कडा टिप्पणी गरेका हुन्।
प्रसाईंले सरकार आफू आएको बाटोबाटै बाहिरिने दाबी गर्दै दसैँसम्म देशको राजनीतिक अवस्था परिवर्तन हुने बताए।
‘दसैँसम्म टिकाओ। जुन बाटोबाट आएको थियो, त्यही बाटोबाट जान्छौ। जुन तरिकाले बम–बारुद, आगोको लप्का थियो, त्यही तरिकाले तिमीहरू जाँदैछौ,’ उनले भने।
सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाउँदै प्रसाईंले आफूलाई बोल्न नदिने प्रयास भइरहेको दाबी गरे। ‘दुर्गा प्रसाईं बोल्छ भनेर भँडुवा भनेको छ, उचालेर हिँड्यो भनेको छ,’ भन्दै उनले सरकार आफ्नो चरित्र हत्या गर्न लागेको आरोप लगाए।
उनले आफूलाई अनावश्यक रूपमा धरपकड गर्ने र विभिन्न घटनामा मुछेर फसाउने प्रयास भइरहेको दाबी गरे। विशेषगरी गणेश नेपालीको आत्मदाह प्रकरण तथा सुकुम्बासीसम्बन्धी विषयमा आफ्नो नाम जोड्न खोजिएको भन्दै त्यसलाई अस्वीकार गरे।
प्रसाईंले वर्तमान शासन व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गरेको आरोप लगाउँदै आफ्नो अभियान भने निरन्तर अघि बढ्ने बताए।
यसअघि झापाबाट काठमाडौं आइपुगेका प्रसाईंलाई विमानस्थलको निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले केही समय नियन्त्रणमा लिएको थियो। सुरक्षा संवेदनशीलता र सम्भावित उत्तेजक अभिव्यक्तिबाट सार्वजनिक वातावरण प्रभावित हुन सक्ने आकलनका आधारमा उनलाई निवाससम्म पुर्याइएको प्रहरी स्रोतले जनाएको छ।
प्रसाईंको अभिव्यक्ति लिन विमानस्थल पुगेका युट्युबर तथा सञ्चारकर्मीहरूलाई पनि प्रहरीले विमानस्थलको बाहिरी गेटमै रोकेको थियो।
निवास पुगेलगत्तै पत्रकार सम्मेलन गरेका प्रसाईंले सरकारले आफूलाई ‘भँडुवा’ भन्दै बदनाम गर्न र विभिन्न घटनामा फसाउन खोजिरहेको आरोप लगाउँदै त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिए।
समाज
थप सामाग्री-
सदनमा जुहारी खेल्नमै व्यस्त सांसदहरु, देश र जनताका मुद्दा ओझेलमा
-
राज्य संयन्त्रमाथि प्रश्न : प्रधानमन्त्रीको नाममा प्रहरी चलाउने अधिकार कसलाई ?
-
बाढी–पहिरोले पाँच प्रमुख राजमार्ग प्रभावित, जोखिमयुक्त सडकमा यात्रा नगर्न प्रहरीको आग्रह
-
गणेश नेपालीको मृत्यु केवल एउटा परिवारको शोक होइन, हाम्रो राज्य र समाजको असफलताको ऐना हो
-
आखिर हाम्रो समाज कहाँ जाँदैछ ? बाँच्ने आशा हराउँदै गएको देशको पीडादायी चित्र
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि
1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…





