पूर्वमन्त्री मोहन बस्नेतद्वारा गणेश नेपालीको परिवारलाई १ लाख सहयोग, छोरीको स्नातकसम्मको अध्ययन खर्च व्यहोर्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आत्मदाहबाट मृत्यु भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

आइतबार गणेशकी आमालाई भेटेर बस्नेतले नगद सहयोग हस्तान्तरण गर्दै गणेशकी छोरीको स्नातक तहसम्मको सम्पूर्ण अध्ययन खर्च व्यहोर्ने घोषणा गरेका हुन्। उनले परिवारलाई आवश्यक अन्य आर्थिक तथा मानवीय सहयोगमा पनि साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले काठमाडौं महानगर प्रहरीसँग भएको विवादपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार उनको निधन भएको थियो।

यसैबीच, सरकार र पीडित परिवारबीच सहमतिको प्रयास जारी छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयमा शनिबार करिब १४ घण्टा लामो वार्ता भए पनि हालसम्म निष्कर्षमा पुग्न सकेको छैन।

Facebook Comments Box
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि

1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…

TOP
432 Shares