

टेरामक्स भ्रष्टाचार प्रकरणमा विशेष अदालतको फैसला : पूर्वमन्त्री मोहन बस्नेतसहित अधिकांशले पाए सफाइ, तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन दोषी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स खरिद भ्रष्टाचार प्रकरणमा विशेष अदालतले फैसला सुनाउँदै तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्य धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको छ। अदालतले ज्ञवाली र उप्रेतीलाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तथा झालाई थप ६ महिनासहित कैद सजाय सुनाएको छ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले सुनाएको फैसलाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका १९ जनामध्ये तीन जना मात्रै दोषी ठहर भएका छन् भने पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित अधिकांश प्रतिवादीले सफाइ पाएका छन्।
अदालतले बस्नेतविरुद्ध भ्रष्टाचार पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको निष्कर्ष निकाल्दै सफाइ दिएको हो। बस्नेतसँगै नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, विभिन्न पदाधिकारी, कर्मचारी तथा सम्बन्धित कम्पनी र प्रतिनिधिहरूले पनि सफाइ पाएका छन्।
टेरामक्स प्रणाली अन्तर्राष्ट्रिय दूरसञ्चार ट्राफिक निगरानी, राजस्व चुहावट नियन्त्रण तथा सुरक्षा प्रयोजनका लागि करिब ३ अर्ब रुपैयाँ लागतमा खरिद गरिएको थियो। खरिद प्रक्रियामा अनियमितता भएको आरोपपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
विशेष अदालतको विस्तृत फैसला सार्वजनिक हुन बाँकी रहेको छ। चित्त नबुझे दुवै पक्षले सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था छ।
समाज
थप सामाग्री-
सदनमा जुहारी खेल्नमै व्यस्त सांसदहरु, देश र जनताका मुद्दा ओझेलमा
-
राज्य संयन्त्रमाथि प्रश्न : प्रधानमन्त्रीको नाममा प्रहरी चलाउने अधिकार कसलाई ?
-
बाढी–पहिरोले पाँच प्रमुख राजमार्ग प्रभावित, जोखिमयुक्त सडकमा यात्रा नगर्न प्रहरीको आग्रह
-
गणेश नेपालीको मृत्यु केवल एउटा परिवारको शोक होइन, हाम्रो राज्य र समाजको असफलताको ऐना हो
-
आखिर हाम्रो समाज कहाँ जाँदैछ ? बाँच्ने आशा हराउँदै गएको देशको पीडादायी चित्र
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि
1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…





