जबरजस्ती करणी आरोपमा २२ वर्षीय युवक पक्राउ

पाल्पा । पाल्पामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २२ वर्षीय आकाश पुलामी मगर पक्राउ परेका छन्। नवलपरासी (पूर्व) बौदीकाली गाउँपालिका–३ नयाँछाप घर भई हाल रामपुर नगरपालिका–४ खोप्टारमा बस्दै आएका उनलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि

1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…

TOP
Shares