बियरको बोतल प्रहार गरी ७१ वर्षीय वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ

ललितपुर । बियरको बोतलले टाउकोमा प्रहार गरी ७१ वर्षीय वृद्धलाई घाइते बनाएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–४ भनिमण्डलस्थित आफ्नै घरमा बस्दै आएका ७१ वर्षीय गोविन्दप्रसाद अधिकारीमाथि गत असार १९ गते बिहान करिब ७ः३० बजे कुटपिट भएको थियो। अधिकारीलाई बियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाएपछि आरोपित व्यक्ति फरार भएका थिए।

घटनापछि खोजतलासमा खटिएको जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ललितपुर महानगरपालिका–४ भनिमण्डल बस्ने ४२ वर्षीय रवि राना मगरलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका मगरमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। उनलाई असार २८ गतेदेखि लागू हुने गरी ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

Facebook Comments Box
TOP
471 Shares