

जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा वृद्धाको मृत्यु, आमा–छोरी घाइते
जाजरकोट । अविरल वर्षासँगै आएको पहिरोले अस्थायी टहरा पुरिँदा जाजरकोटमा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्लाको भेरी नगरपालिका–२ राङ्सीमा खसेको पहिरोले टिनको अस्थायी टहरा पुरिँदा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको हो। पहिरोले पुरिएको टहराभित्र रहेकी शाहको उद्धार गर्नुअघि नै मृत्यु भएको प्रहरीले जनाएको छ।
भूकम्पपछिको पुनर्निर्माणका क्रममा सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट उक्त अस्थायी टहरा निर्माण गरिएको थियो। कमजोर भू–भागमा लगातारको वर्षापछि खसेको पहिरोले टहरा पुरिएको बताइएको छ।
घटनामा मृतक शाहकी छोरी ४० वर्षीया मेनुका शाह थापा र नातिनी ७ वर्षीया टिका थापा घाइते भएका छन्। उनीहरूलाई स्थानीय बासिन्दाले तत्काल उद्धार गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पाँचकटियाबाट प्रहरी सहायक निरीक्षक प्रेम केसीको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घटनास्थल सुरक्षित राख्नुका साथै आवश्यक उद्धार तथा प्रारम्भिक अनुसन्धानको काम अघि बढाएको छ।
लगातारको वर्षाका कारण जाजरकोटका विभिन्न पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।
समाज
थप सामाग्री
सडकमा बढ्दो बेथिति : न चालकमा धैर्यता, न पैदलयात्रुमा चेत, अनि दोष सधैँ ट्राफिक प्रहरीलाई ?
२२ घण्टा अगाडि
1.8kViews 139 Shares Share on Facebook Share on Twitter काठमाडौंका सडकमा हरेक दिन देखिने दृश्य अब सामान्य होइन, चिन्ताजनक बनिसकेको…





