गणेश नेपालीकी श्रीमतीले काठमाडौँबाटै पाइन् नागरिकता, सरकारसँग भएको सहमतिअनुसार प्रक्रिया अघि बढ्यो

काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले काठमाडौँबाटै नागरिकता प्राप्त गरेकी छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट उनलाई नागरिकता प्रदान गरिएको हो। गृहमन्त्री सुधन गुरुङले एकमायालाई नागरिकता हस्तान्तरण गरेका थिए।

विशेष परिस्थितिका कारण मुगुबाट आवश्यक पत्र झिकाएर नागरिकता प्रदान गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए। उनका अनुसार सोरु गाउँपालिका–१ का वडा अध्यक्षबाट विवाह दर्ता प्रमाणित तथा अनुसूची सिफारिस लिएर नागरिकता दिने प्रक्रिया पूरा गरिएको हो।

गणेश नेपालीको परिवार र सरकारबीच भएको ९ बुँदे सहमतिअनुसार घटनाको छानबिन प्रक्रिया पनि अघि बढाइएको छ। त्रिपुरेश्वर घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने सहमति गरेको छ।

उक्त समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको जनाइएको छ।

Facebook Comments Box
TOP
238 Shares