

प्रकाश वाइबाको नयाँ प्रेमगीत ‘सयौं जुनी’ सार्वजनिक, दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया

काठमाडौं। गायक प्रकाश वाइबाको प्रस्तुति रहेको नयाँ आधुनिक प्रेमगीत ‘सयौं जुनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, विश्वास र जीवनभरको साथको भावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको गीत सार्वजनिक भएसँगै युट्युब तथा सामाजिक सञ्जालमा दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
गीतमा प्रकाश वाइबा र जितु लोप्चनको सुमधुर स्वर रहेको छ। गीतका शब्द कुमार स्याङ्बा तामाङले सिर्जना गरेका हुन् भने सम्तेन मोक्तानको संगीतलाई कार्साङ लामाले संगीत संयोजन गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङसमेत कार्साङ लामाले नै गरेका छन्।
म्युजिक भिडियोमा सरोज लामा र सिर्जना घिसिङको मुख्य अभिनय रहेको छ। उनीहरूको स्वाभाविक र जीवन्त अभिनयले प्रेमकथालाई भावनात्मक तथा प्रभावशाली रूपमा प्रस्तुत गरेको छ। भिडियोको कथा, निर्देशन तथा कोरियोग्राफी आशिष लामाले गरेका हुन्।
भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका छन् भने ड्रोन छायांकन रोनिश तामाङले गरेका छन्। सम्पादन तथा रङ संयोजन सपना लाम्सालले गरेकी छन् भने पोस्टर डिजाइन अनिल बिष्ट प्युठानीले तयार पारेका हुन्। गीतको रेकर्डिङ पारिजात नेपाल स्टुडियोमा सम्पन्न गरिएको हो।
शब्द, संगीत, गायन, अभिनय र दृश्य संयोजनको सन्तुलित प्रस्तुतिका कारण ‘सयौं जुनी’ प्रेमभावमा आधारित आधुनिक गीतका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। निर्माण पक्षले गीतले प्रेम संगीत रुचाउने दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरेको छ भने सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जालमा पनि उल्लेखनीय चर्चा बटुल्न थालेको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





