

नेपाल बैंक धुञ्चे शाखाद्वारा दुर्गमका ९२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण
रसुवा । नेपाल बैंक लिमिटेड धुञ्चे शाखाले सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत पहिलोपटक रसुवाका दुर्गम क्षेत्रका सात सामुदायिक विद्यालयमा अध्ययनरत ९२ जना विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ।
शाखा प्रबन्धक कृष्ण तामाङका अनुसार दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले भीमली आधारभूत विद्यालय, पार्वतीकुण्ड आधारभूत विद्यालय, गोसाइँकुण्ड आधारभूत विद्यालय, कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालय, लिङलिङ प्राथमिक विद्यालय, रसुवा माध्यमिक विद्यालयलगायतका विद्यालयका विद्यार्थीलाई उक्त सामग्री प्रदान गरिएको हो।
विद्यालयका तर्फबाट कोमिन श्यामे वाङ्फेल माविका प्रधानाध्यापक किशोरकुमार पुरकोटीले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्। नेपाल बैंकले जिल्लामा छिटोछरितो सेवा प्रवाहसँगै सामाजिक क्षेत्रमा पनि योगदान बढाउँदै आएको जनाएको छ।
समाज
थप सामाग्री
सडकमा बढ्दो बेथिति : न चालकमा धैर्यता, न पैदलयात्रुमा चेत, अनि दोष सधैँ ट्राफिक प्रहरीलाई ?
२० घण्टा अगाडि
1.8kViews 139 Shares Share on Facebook Share on Twitter काठमाडौंका सडकमा हरेक दिन देखिने दृश्य अब सामान्य होइन, चिन्ताजनक बनिसकेको…





