

भानु जयन्ती आज: आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै देशभर विभिन्न कार्यक्रम
काठमाडौं। नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा रहेका नेपाली समुदायले विभिन्न कार्यक्रम गरी मनाइरहेका छन्।
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा भावानुवाद गरी आम नेपालीको पहुँचमा पुर्याएका थिए। नेपाली भाषा, साहित्य र राष्ट्रिय एकतामा पुर्याएको अतुलनीय योगदानका कारण उहाँलाई आदिकविका रूपमा सम्मान गरिन्छ।
भानुभक्तका रामायण, घाँसी, वधुशिक्षा, रामगीता, भक्तमाला र प्रश्नोत्तर लगायतका कृतिहरू नेपाली साहित्यका महत्वपूर्ण सम्पत्ति मानिन्छन्। विशेषगरी घाँसीबाट प्राप्त प्रेरणाले समाजका लागि केही गरेर अमर बन्ने सन्देश उहाँका रचनामा झल्किन्छ।
भानु जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, विभिन्न शैक्षिक संस्था तथा साहित्यिक सङ्घ–संस्थाले प्रभातफेरी, माल्यार्पण, कविता वाचन, साहित्यिक गोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन्। भारतको दार्जिलिङ, सिक्किम, भुटान तथा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली समुदायले पनि यो दिवस विशेष रूपमा मनाइरहेका छन्।
नेपाली भाषा र साहित्यको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणमा भानुभक्त आचार्यको योगदान आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ।
समाज
थप सामाग्री
सडकमा बढ्दो बेथिति : न चालकमा धैर्यता, न पैदलयात्रुमा चेत, अनि दोष सधैँ ट्राफिक प्रहरीलाई ?
१४ घण्टा अगाडि
1.7kViews 139 Shares Share on Facebook Share on Twitter काठमाडौंका सडकमा हरेक दिन देखिने दृश्य अब सामान्य होइन, चिन्ताजनक बनिसकेको…





