

प्रधानमन्त्री बालेन शाहको निर्देशन: सातै प्रदेशमा सुविधासम्पन्न बर्न उपचार केन्द्र स्थापना गरिने
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्ड सुदृढीकरण, जलनका गम्भीर बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न तथा सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री शाहले गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग तथा सुशासन कार्यान्वयनमा विशेष जोड दिए। साथै, आर्थिक रूपमा कमजोर तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले ओपिडी सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्न पनि निर्देशन दिए।
छलफलका क्रममा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन, डिजिटल स्वास्थ्य प्रणालीको विकास तथा पूर्वाधार विस्तारका विषयमा सुझाव प्रस्तुत गरेका थिए। प्रधानमन्त्री शाहले स्वास्थ्य संस्थाका उत्कृष्ट अभ्यासलाई साझा गर्दै सेवा सुधारमा जोड दिनुका साथै प्रतिष्ठानका नाममा रहेका जग्गा अतिक्रमणका समस्या कानुनअनुसार समाधान गर्न आवश्यक पहल गरिने बताएका छन्।
समाज
थप सामाग्री
सडकमा बढ्दो बेथिति : न चालकमा धैर्यता, न पैदलयात्रुमा चेत, अनि दोष सधैँ ट्राफिक प्रहरीलाई ?
१५ घण्टा अगाडि
1.8kViews 139 Shares Share on Facebook Share on Twitter काठमाडौंका सडकमा हरेक दिन देखिने दृश्य अब सामान्य होइन, चिन्ताजनक बनिसकेको…





