भारी वर्षापछि भारतको फोहोर प्रशोधन केन्द्रमा दुर्घटना, ९ कामदारको मृत्यु

काठमाडौं। भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा भारी वर्षापछि ल्यान्डफिलबाट हजारौँ टन फोहोर खस्दा नौ जना कामदारको मृत्यु भएको छ भने १४ जनाको सकुशल उद्धार गरिएको छ। गत बुधबार पुणे सहरको बाहिरी क्षेत्रमा रहेको ‘एन्टोनी वेस्ट’ फोहोर प्रशोधन केन्द्रमा भएको दुर्घटनामा प्रशासनिक भवनमा रहेका २३ जना फोहोरको थुप्रोमा पुरिएका थिए।

कम्पनीका अनुसार निरन्तरको वर्षाका कारण ल्यान्डफिल अस्थिर बनेपछि फोहोर खसेर भवनमा ठूलो क्षति पुगेको हो। वर्षाका कारण उद्धार कार्यसमेत प्रभावित भएको थियो। घटनापछि संरचनागत तथा सुरक्षासम्बन्धी जाँच पूरा नभएसम्म केन्द्रको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण भारतमा अतिवृष्टि लगायतका चरम मौसमी घटना बढ्दै गएको चेतावनी दिएका छन्।

Facebook Comments Box
TOP
262 Shares