

रुसमा युक्रेनी ड्रोन आक्रमण: ४ जनाको मृत्यु, ७ घाइते
काठमाडौं। रुसमा सोमबार भएको युक्रेनी ड्रोन आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। स्थानीय अधिकारीका अनुसार आक्रमणका अधिकांश घटना मस्को क्षेत्र आसपास केन्द्रित रहेका थिए। मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार इस्ट्राको पियोनेस्र्की बस्तीमा ड्रोन खस्दा तीन जनाको मृत्यु भएको र अन्य क्षेत्रमा थप घाइते भएका छन्। रुसी वायु रक्षा प्रणालीले मस्को क्षेत्रमा ८१ वटा ड्रोन खसालेको दाबी गरेको छ।
यस्तै, युक्रेनसँग सीमा जोडिएको बेल्गोरोद क्षेत्रमा भएको अर्को ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दक्षिणी स्टाभ्रोपोल क्षेत्रमा ड्रोन आक्रमणपछि औद्योगिक क्षेत्रमा आगलागी भएको भए पनि मानवीय क्षति नभएको अधिकारीहरूले जनाएका छन्। युक्रेनले यस्ता आक्रमणलाई रुसी ऊर्जा तथा रणनीतिक संरचनामाथिको प्रतिरक्षात्मक कदम भन्दै आएको छ। यसैबीच, युक्रेन युद्ध अन्त्यका लागि रुसमाथि थप दबाब सिर्जना गर्ने विषयमा छलफल गर्न युक्रेनका सहयोगी राष्ट्रहरू सोमबार पेरिसमा भेला हुँदैछन्।
समाज
थप सामाग्री
सडकमा बढ्दो बेथिति : न चालकमा धैर्यता, न पैदलयात्रुमा चेत, अनि दोष सधैँ ट्राफिक प्रहरीलाई ?
१५ घण्टा अगाडि
1.8kViews 139 Shares Share on Facebook Share on Twitter काठमाडौंका सडकमा हरेक दिन देखिने दृश्य अब सामान्य होइन, चिन्ताजनक बनिसकेको…





